मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम



बिर्तामोड– पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको विरोधमा विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन् । पछिल्लोपटकको मूल्यवृद्धि फिर्ता गर्न उनीहरुले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका हुन् ।

संयुक्त विद्यार्थी सङ्गठनको हिजो साँझ काठमाडौंमा बसेको बैठकले ७२ घन्टाभित्र मूल्यबद्धि फिर्ता गर्न माग गरेको छ । बैठकमा सहभागी विद्यार्थी घटक अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताउनुभयो ।

असार २७ गतेदेखि देशभरका पेट्रोल पम्प र पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी संगठनहरूको निर्णय छ । आयल निगमका कर्मचारीहरुका सवारी साधन पनि चल्न नदिने प्रवक्ता मैनालीले बताउनुभयो ।