अधिकांश कर्मचारी कोरोना संक्रमित, ग्लाेवल आइएमई बैंककाे सेवा बन्द



बिर्तामोड– झापाको बिर्तामोडस्थित ग्लाेवल आइएमई बैंककाे सेवा बन्द भएको छ । बैंकका अधिकांश कर्मचारी कोरोना संक्रमित भएपछि केही समयका लागि सेवा बन्द गरिएको हो । बैंकले सूचना जारी गरी असहज परिस्थितिका कारण सेवा बन्द गर्नुपरेको जनाएको छ ।

बैंकमा कर्मचारी, सुरक्षागार्ड र सवारीचालक गरी २३ जना कार्यरत छन् । तीमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको बैंकका प्रबन्धक पवन कुमार पौडेलले जानकारी दिनुभयो । संक्रमणका कारण विगत चार दिनदेखि बैंकले सेवा उपलब्ध गराउन सकेको छैन ।

अचानक ग्लाेवल आइएमईकाे सेवा बन्द भएपछि आफूहरु समस्यामा परेको सेवाग्राहीहरुको गुनासो छ । अहिलेको असहज परिस्थितिलाई बुझिदिन आग्रह गर्दै शाखा प्रबन्धक पौडेलले छिट्टै सेवा सुरु गरिने जानकारी दिनु भएको छ ।