फोहोर व्यवस्थापनमा मेची अस्पतालको लापरवाही, बेडमा आइपुग्छ धुवाँ



भद्रपुर – मेची प्रादेशिक अस्पताल भद्रपुरले फाेहाेर व्यवस्थापनमा चरम लापरबाही गरिरहेको खुलेको छ । अस्पतालले परिसरमै फोहोर डढाउँदै आएको खुलासा भएको हो । अस्पताल परिसरमै फाेहाेर डढाउँदा त्यसको विषाक्त धुवाँ अस्पतालभित्र छिर्ने गरेको छ ।

प्लास्टिक, औषधिका बट्टा र सुई लगायतका विभिन्न हानिकारक रसायन सामग्री जलाइने गरेको हो । उपचारका लागि पुग्ने गरेका बिरामीले विषाक्त धुवाँका कारण श्वासप्रश्वासमा समस्या हुने गरेको गुनासो गरेका छन् ।

बिरामीका एकजना आफन्त पुकार बराल भन्छन्, अस्पतालका सरसफाई कर्मचारीले नियमितजसो अस्पताल परिसरमै फोहोर जलाउँदा रहेछन् । विषाक्त धुवाँ बिरामीको बेडसम्म पुगेको भेटियाे ।