साँस्कृतिक संघ ओखलढुंगाले गर्यो भब्य कार्यक्रम नव निर्वाचित नेताहरु सम्मान्नित



दिनेश कार्की

सांस्कृतिक संघ ओखलढुंगाले नेपाली कॅाग्रेसको १४  महाधिवेनबाट निर्बाचित जिल्लाकार्यसमिति पदाधिकारीप्रदेशसदस्य तथा केन्द्रीय सदस्यहरुलाइ बृहत बनभोज कार्यक्रमकोआयोजना गरि सम्मान तथा बधाई दिएको  

पौष २४गते  राजधानीको बालाजु पार्कमा नेपाल सॅास्कृतिक संघ ओखलढुंगाद्वारा आयोजित बृहतबनभोज कार्यक्रममा नेपाली काग्रेसको १४ औं महाधिवेशनमा ओखलढुंगा जिल्लाबाट नेपाली कॅाग्रेसको बिभिन्न तहमा निर्वाचित हुनुहुने केन्द्रिय सदस्यरामहरी खतिवडा  प्रदिपकुमार सुनुवारप्रदेश समितिमा निर्वाचित प्रदेश सदस्यकुमार लुइटेलसविता राई  गंगाबहादुर कार्की जिल्ला कार्यसमिति ओखलढुंगाको पदाधिकारीमा निर्बाचित जिल्ला सभापति:तेजेन्द्र खनाल उपसभापति:नवराज केसी  कमल तामाङ सचिव:अजय लुइटेल  राजकुमार ढुंगाना  सहसचिव:उज्जन बुढाथोकी   भोजकुमार श्रेष्ठ लगायतलाइ सम्मान गरेको हो।

बधाई तथा सम्मान समेत प्रदान गरिएको सो बृहत बनभोज कार्यक्रममा नेपाल सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष,कार्यसमिति सदस्य,सॅास्कृतिक संघमा आबद्द कलाकारहरु  नेपाली कॅाग्रेस ओखलढुंगा जिल्लाकार्यसमितिको सभापति पदका उपबिजेता नेता बालकृष्ण दाहाल,नेता शान्तिराज खड्का,होमबहादुर कार्की लगायत प्रदेश समिति सदस्यहरु,महाधिबेशन प्रतिनिधिहरु,जिल्ला कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु,तरुण दलका जिल्ला अध्यक्ष प्रबिणहाडं राई लगायतका तरुणहरु,नेबिसंघका जिल्ला अध्यक्ष रोशन महतरा लगायत नेबिसंघ कर्मिहरु बिभिन्न भातृ तथा शुभेक्छुक संघमा आबद्द ब्यक्तित्वहरु लगायतको बृहत उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन गर्दैगर्दा नेपाल  सॅास्कृतिक संघ ओखलढुंगाका अध्यक्ष हिलारी बन्धु भुजेलले नेपाली कॅाग्रेसको १४औ महाधिबेशनमा जिल्लाप्रदेशकेन्द्रका बिभिन्न तहमा निर्बाचितहरुलाइ सम्मान तथा बधाई दिनुका साथै पार्टिको आन्तरिक प्रतिस्पर्धामा बढेको तिक्तता र आन्तरिक दुरिलाई कम गर्नु आजको तड्आकारो आवस्यकता रहेको र सोही उद्देश्यले बृहत बनभोज कार्यक्रम आयोजना गरेको कुरा बताएका छन।

  छोटो औपचारिक कार्यक्रममा बिभिन्न बक्ताहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए।नेपीलीकॅाग्रेस ओखलढुंगाका नवनिर्बाचित जिल्ला सभापति तेजेन्द्र खनालले हिजोको आन्तरिक प्रतिस्पर्धामा रहदा जो जुन गुट बाट उठेर बिजेता-उपबिजेता जे बनेतापनि भेदभाब नगरि आगामि दिनमा सबासंग बरावर हातेमालो गरेर आफु अगाडिबढ्ने बाचागर्दै कॅाग्रेसलाइ अब हुदैगरेको तिनै तहमा निर्वाचनमा बिजय गराउन सबैको दायित्व र सबैको लक्ष रहनुपर्ने कुरालाइ जोड दिएका छन।महाधिबेशन प्रतिनिधि तथा नेपाली कॅाग्रेस ओखलढुंगा जिल्ला १४औ अधिबेशनका  जिल्ला सभापति पदका उपबिजेता नेता बालकृष्ण  दाहालले पार्टी भित्रसबैलाई समेटेर सामाजिक न्यायको प्रत्यभुति हुने वतावारण सृजना गरे पार्टि संगठन मजबुद बनाउन आवश्यक रहेको  त्यस्का लागि आफु अहोरात्र खट्न तयार रहेको बताएका थिए कार्यक्रममा केन्द्रिय सदस्य रामहरी खतिवडाले जस्तो सुकै परिस्थिमा पनि पार्टि  जनताका लागि योगदान दिन आफु पछि नपर्ने,कॅाग्रेसलाइ एकढिक्का बनाएर लैजान   पहिलो पार्टी बनाउन आफुले जस्तोसुकै त्याग गर्नपनि तयार रहेको बताएका छन।मन्तब्यकै क्रममा नेपाली कॅाग्रेस ओखलढुंगाका पुर्ब सभापति तथा केन्द्रिय सदस्य प्रदिपकुमार सुनुवारले विगतको तिक्तात  कुण्ठाले पार्टी बनाउन नसकिने भन्दै पार्टीभित्र दोहोरो चरित्र देखाउने प्रवृतिको अन्त्य गर्नुपर्ने कुराको जिकिर गरेका थिए ।

छोटो औपचारिक कार्यक्रममा भएतापनि चर्चित लोकगायक नविन ढुंगेलले सुपारी जाइको माला ,ससुरालिमाजस्ता गितहरु गायर सबैलाइ नचाउदै मनोरन्जन प्रदान गरेर माहोल रोमान्चक बनाएका थिए भने कार्यक्रमको संचालन नेपाल सॅास्कृतिक संघका सचिव तथा चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठले गरेका थिए यसै क्रममा उनिद्वारा स्वरबद्द गितको म्युजिक भिडियोको छायंकन समेत गरिएको थियो।