सर्जक तथा गायक खत्रीले गीतको मार्फत् नेपालमा व्याप्त शैक्षिक बेरोजगारीको समस्यालाई उजागर गर्न रास्ट्रभक्ती गित के गरेर खाम भर्खरै सार्वजनिक गरेका छन् । “नागरिकलाई गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी दिलाउनु सरकारको दायित्व हो”, “यिनै मुद्दामा गीत लक्षित छ, कोही बेरोजगार नहोस, उत्पीडनमा पर्नु नपरोस्, राज्यले अभिभावकत्व लिइदिओस् ।स्वदेशमा रोजगारीको अभावले अहिले पनि दैनिक सयौँ नेपाली युवा विदेश भौँतारिनुपर्ने स्थिति छ । शैक्षिक जनशक्ति पलायन पनि उत्तिकै छ । समृद्ध, समुन्नत र न्यायपूर्ण समाज र देश निर्माणमा पनि गीतले सिर्जनात्मक खबरदारी उक्त गीतमा ब्यक्त गरिएको छ ।
म्यूजिक भिडियोमा कलाकार विनोद न्यौपाने र जुना सुन्दासले गरेको अभिनयले गीतबाट दिन खोजेको सन्देशलाई सरल तर कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । लोकसङ्गीत क्षेत्रका चर्चित गायक/सर्जक खत्रीका यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित कैयन गीत सार्वजनिक भइसकेका छन् ।
उनका ‘भरिया दाइ’, ‘अन्तरजातिय विवाह’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘किसानी दाइ’, ‘आमा म मरेको छैन’ लगायतका गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मएका खत्री दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय छन् ।
हेर्न्होस पुरा भिडियो –