Uncategorized

साँस्कृतिक संघ ओखलढुंगाले गर्यो भब्य कार्यक्रम नव निर्वाचित नेताहरु सम्मान्नित

दिनेश कार्की सांस्कृतिक संघ ओखलढुंगाले नेपाली कॅाग्रेसको १४ औ महाधिवेनबाट निर्बाचित जिल्लाकार्यसमिति पदाधिकारी, प्रदेशसदस्य तथा केन्द्रीय सदस्यहरुलाइ बृहत बनभोज कार्यक्रमकोआयोजना गरि सम्मान तथा बधाई दिएको छ । पौष २४गते  राजधानीको बालाजु पार्कमा नेपाल सॅास्कृतिक संघ ओखलढुंगाद्वारा आयोजित बृहतबनभोज कार्यक्रममा नेपाली काग्रेसको १४ औं महाधिवेशनमा ओखलढुंगा जिल्लाबाट नेपाली कॅाग्रेसको बिभिन्न तहमा निर्वाचित हुनुहुने केन्द्रिय सदस्य: रामहरी खतिवडा र प्रदिपकुमार सुनुवार, प्रदेश समितिमा निर्वाचित प्रदेश सदस्य: कुमार लुइटेल, सविता राई र गंगाबहादुर कार्की जिल्ला कार्यसमिति ओखलढुंगाको पदाधिकारीमा निर्बाचित जिल्ला सभापति:तेजेन्द्र खनाल उपसभापति:नवराज केसी र कमल तामाङ सचिव:अजय लुइटेल र राजकुमार ढुंगाना  सहसचिव:उज्जन बुढाथोकी  र भोजकुमार श्रेष्ठ लगायतलाइ सम्मान गरेको हो। बधाई तथा सम्मान समेत प्रदान गरिएको सो बृहत बनभोज कार्यक्रममा नेपाल सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष,कार्यसमिति सदस्य,सॅास्कृतिक संघमा आबद्द कलाकारहरु र नेपाली कॅाग्रेस ओखलढुंगा जिल्लाकार्यसमितिको सभापति पदका उपबिजेता नेता बालकृष्ण दाहाल,नेता शान्तिराज खड्का,होमबहादुर कार्की लगायत प्रदेश समिति सदस्यहरु,महाधिबेशन प्रतिनिधिहरु,जिल्ला कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु,तरुण दलका जिल्ला अध्यक्ष प्रबिणहाडं राई लगायतका तरुणहरु,नेबिसंघका जिल्ला अध्यक्ष रोशन महतरा लगायत नेबिसंघ कर्मिहरु बिभिन्न भातृ तथा शुभेक्छुक संघमा आबद्द ब्यक्तित्वहरु लगायतको बृहत उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दैगर्दा नेपाल  सॅास्कृतिक संघ ओखलढुंगाका अध्यक्ष हिलारी बन्धु भुजेलले नेपाली कॅाग्रेसको १४औ महाधिबेशनमा जिल्ला, प्रदेश, केन्द्रका बिभिन्न तहमा निर्बाचितहरुलाइ सम्मान तथा बधाई दिनुका साथै पार्टिको आन्तरिक प्रतिस्पर्धामा बढेको तिक्तता र आन्तरिक दुरिलाई कम गर्नु