बिर्तामोड– बैंकिङ कसुर मुद्दामा एकजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । जरिवाना तथा कैद सजाय तोकिएकी बिर्तामोड नगरपालिका–४ की ४२ वर्षीया टुकादेवी मिश्रलाई असार १८ मा प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७६ मंसिर २ गते उनलाई एक दिन कैद, १७ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ६८ हजार रुपैयाँ दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।
फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराई उनलाई कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।