
बिर्तामोड–कोरोना संकट व्यवस्थापन समितिले पूर्वका चारवटा जिल्लामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । समितिको आजको बैठकले जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक सवारीका साधन चलाउन दिने निर्णय गरेको हो ।
भोलिदेखि झापा, मोरङ, सुनसरी र इलाममा जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी सञ्चालन हुनेछन् । समितिले सिट क्षमता भन्दाबढी यात्रु राख्न नपाइने पनि निर्णय गरेको छ ।
कोरोना भाइरसको दोस्रो रहरको संक्रमण चलिरहेकै बेला प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै सबै क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ । सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरुमा भने निषेधाज्ञा कायमै छ ।