बुधवारेमा दुर्घटना हुँदा कार्कीको मृत्यु



बुधवारे– झापाको बुद्धशान्ति–४ जोगीडाँडास्थित मेची राजमार्गमा आज साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पिकअप र मोटरसाइकल आपसमा ठोक्किइँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलाम गोलाखर्कका नारायण कार्की रहेको प्रहरीले जनाएको छ । उपचारका लागि अस्पताल लाने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिले जनाएको हो ।

इलामबाट तरकारी बोकेर झापातर्फ आँउदै गरेको ना ३ ख ४०३३ नम्बरको पिकअप र झापाबाट इलामतर्फ जाँदै गरको मे ९ प ९२०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलको पछाडि सवार मनिष श्रेष्ठ भने गम्भीर घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।