आलोपालो प्रणालीका आधारमा जिल्ला प्रशासनको सेवा



भद्रपुर-कोरोना संक्रमणको दोस्रो लहरपछि बैशाख १९ गतेदेखि स्थगित भएको झापाका सरकारी कार्यालयको सेवा आलोपालो प्रणालीमा आजदेखि शुरु हुने भएको छ । स्वास्थ सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सरकारी कार्यालयहरुले सेवा प्रवाह गर्ने तयारी गरेका हुन् ।

अति जरुरी सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय झापाद्वारा साेमवार जारी सूचनामा जनाइएको छ । प्रशासनले सेवा प्रवाहका लागि मिति निर्धारण गर्दै स्थानीय तह अनुसार आलोपालो प्रणाली लागू गरेको छ ।

गतेका आधारमा सेवा प्रभाव सम्बन्धी सूचना जारी भएकाले सर्वसाधारणले फेरी अर्को सूचना कुर्नुपर्ने भएको छ । यसअघि प्रशासनले प्रत्येक बारका आधारमा स्थानीय तहको सेवा सम्बन्धी सूचना जारी गरेको थियो ।

असार १५ गते भद्रपुर र हल्दिबारी, असार १६ गते कन्काई र झापा गाउँपालिका, असार १७ गते बिर्तामोड, नगरपालिका असार १८ गते मेची नगरपालिका, असार २० गते अर्जुनधारा र बाह्रदशी गाउँपालिका र असार २१ गते बुद्धशान्ति र कचनकवल गाउँपालिकाकाे पालो निर्धारण गरिएको छ ।