
बिर्तामोड (विवेचना) – झापामा बीपी अध्ययन प्रतिष्ठान गठन भएको छ । प्रतिष्ठानले जिल्ला तहमा पनि आफ्नो सङ्गठन संरचना विस्तार गरेको हो । प्रतिष्ठानको झापा अध्यक्षमा व्यवसायी विशाल थापा चयन भएका छन् ।
मंगलवार बिर्तामोडमा आयोजित कार्याक्रमका बीच थापालाई प्रतिष्ठानको जिम्मेवारी दिइएको हो । युवा व्यवसायी थापा बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हुन् । प्रतिष्ठानको उपाध्यक्षमा किरण खनाल चयन भएका छन् ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङको अध्यक्षतामा र संविधान सभा सदस्य विश्वदीप लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठान मोरङका अध्यक्ष रञ्जन ओझा, नेपाली कांग्रेस महासमिति सदस्य सीता पौडेल लगायतले धारणा राखेका थिए ।