राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित



विर्तामोड– राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियललाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशिक्षण स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो ।

एन्फाले आजदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । प्रशिक्षण अघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो । कोरोना संक्रमण देखिएका खेलाडी आइसाेलेसनमा बसेका छन् ।

सङ्क्रमितहरु सामान्य अवस्थामा फर्किएपछि आगामी सातादेखि बन्द प्रशिक्षणलाई निरन्तरता दिने एन्फाले जनाएको छ ।