भद्रपुर– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानको कार्य अन्तिम चरणमा पुगेको छ । यसैसाताबाट अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडानको काम भइरहेको हो ।
दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान भइरहेको अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले एक साताभित्र अक्सिजन एतपादन सुरु हुने बताउनु भयो ।
प्रदेश सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँ लागतमा प्लान्ट राखिएको हो । अस्पतालले प्लान्ट जडानमा ५५ लाख खर्च गरेको छ । बाँकी रकम कोठा निर्माण र अक्सिजन सिलिण्डर खरिदमा खर्च हुने अध्यक्ष पोर्तेलले बताउनु भयो ।