बिर्तामोडका विद्युत् कर्मचारीको करेन्ट लागेर मृत्यु



बिर्तामोड– नेपाल विद्युत् प्राधिकरण बिर्तामोडका एकजना कर्मचारीकाे आज करेन्ट लागेर मृत्यु भएको छ । विद्युत् मिटर जाेड्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

मृत्यु हुनेमा बिर्तामोड-५ का ५७ वर्षीय कुलप्रसाद भट्टराई छन् । उनी आज बिहान झापाको गरामनीमा विद्युत् मिटर जोड्न गएका थिए ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख संजीव कुमार गुप्ताले बताउनुभयो ।