बिर्तामोड (विवेचना)- सरकारले झापाका तीनवटा स्वास्थ्य प्रतिष्ठानको पूर्वाधार व्यवस्थापनमा बजेट विनियोजन गरेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर-४ अन्तर्गतका तीनवटा अस्पतालको भवन निर्माण र पूर्वाधार व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।
प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बु पहलमा बजेट विनियोजन भएको जनाइएको छ । झापाको सुरुङ्गामा कनकाई नगर अस्पताल निर्माणका लागि १८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । त्यहाँ १५ शैय्याको अस्पताल निर्माण हुन लागेको हो ।
१५ शैयाको शिवगञ्ज आधारभूत अस्पताल निर्माणका लागि पनि १८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। टाघनडुव्वा प्राथमिक अस्पतालका लागि ११ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।